Monday, 26 August 2013

गजल

साथि म पागलबस्तीमा बुद्धिमान खोज्दैछु,
मेरो देशको मुहार फेर्ने बिहान खोज्दैछु

होशियार ! सबै आश्वासनमा खेल्नेहरु,
म निर्धाको बस्तिमा बलवान खोज्दैछु

एकता खलबलाई सपना बाढ्नेहरु,
पर्ख म तिम्रालागी चिहान खोज्दैछु

टुक्राटुक्रामा अस्तित्व खोज्नेहरु सुनन्,
म संसारभरी चन्द्रसुर्यको सम्मान खोज्दैछु

Thursday, 8 August 2013

गजल !

एकै भेटमा यो मनलाई, जान्यौ र पो माया लाएँ ।
हजारबाट आफ्नो मान्छे, छान्यौ र पो माया लाएँ ।।


भेट हुंदा लजाउने मुस्काउने गर्न थाल्यौ
मायाको त्यो इशाराले, तान्यौ र पो माया लाएँ ।


चौताराको मेला जांदा, मेरै बाटो कुर्न थाल्यौ
खै कस्तो यो बन्धनमा, बान्यौ र पो माया लाएँ ।


गांउघरमा हाम्रैबारे, कुरा गर्दा लाज लाग्छ
नजरको तिखो तीरले, हान्यौ र पो माया लाएँ ।