Friday, 18 May 2012

हामी नेपाली भेडाँ हौ!


सायद शिर्षकनै देखेर कति साथी रिसाउनु भयो होला, हुन त म नै ठिक छु भनेर भन्न पनी सक्दिन तर मैले यँहा जुन शिर्षक राखे जुनकुरा धेरै पहिले देखी नै मेरो दिमाग मा पौडि खेलिरहेको कुरा हो। सानोमा राजनैतिक छलफल हुने क्रममा मलाई मेरो एक शिक्षकले भनेको कुरालाई मैले शिर्षक बनाएर केहि कुरा लेख्ने आँट गरे। यदी म गल्ति छु भने माफ गर्नुहोला अनि मलाई नै भेडाँ भनेर तपाई उम्कनुहोला यदि तपाइलाई पनि हो जस्तो लाग्छ भने जस्ट एप्रिसिएट इट! मैले यहाँ लेख्ने क्रममा बिच-बिचमा इंग्लिश शब्द पनी प्रयोग गरेको छु किनकि म परफेक्ट नेपालीमा लेखेर बुझाउन सक्दिन कारण हामी यस्तो संस्कारमा हुर्केका छौ जहाँ नेपाली बिषय पढाउने शिक्षक पनि २-४ ओटा इंग्लिश शब्द प्रयोग गर्न पाए आफुलाई गौरान्वित ठान्दछन, यो लेखिरहदाँ म पनि २-४ शब्द इंग्लिश राखेर आफुलाई गौरान्वित ठान्न चाहेको चाहिँ अबश्य हैन। यदि कोहि तपाई नेपाली शिक्षक हो भने फेरि रिसाउनुहोला मैले यो सबैलाई भन्न पनि खोजेको हैन मात्र जस्ले तेस्तो ठान्नुहुन्छ उहाँहरुलाई मात्र। फेरि एकपल्ट शिर्षककै बारेमा केहि लेख्न मन लाग्यो म यस्तो शिर्षक राखें जस्मा मैले करोँडौ मेरा नेपाली दाजुभाइ, आमाबुबालाई भेडाँ बनाए र म आफु नै भेडाँ बने जुन रहरको बिषय हैन यो मात्र हामिले बुझ्न नसकेको सुक्ष्म नेपालीपन जसमा हामिले बर्षौ देखी गर्व गर्दै आएको कुरा, हाम्रो राजनैतिक बुझाई र हाम्रो सोभिनिस्ट(Chauvinist) पनको देशभक्ती। हो हामी सगरमाथालाई आफ्नो गौरवको बिषय ठान्छौ, बुद्धलाई आफ्नो गौरवको बिषय ठान्छौ, हाम्रो देशको भौगोलीक बनावट देखेर आफुलाई गौरान्वित ठान्छौ अझ ठुलो कुरा हामी हाम्रा पुर्खालाई सम्झेर धरै गर्व गर्छौ। ल आउनुस अब एकैछिन सोंचौ के जुनकुरा हामि गर्व गर्छौ के यी साच्चिकै गर्वका बिषय हुन् त जुन शताब्दिमा हामि बाचिंरहेका छौ? फेरि तपाई रिसाउनुहोला जुन शताब्दि भएपनि इतिहास इतिहास नै हो जसलाई बङ्गाउन सकिदैन यदी तेसो हो भने यहिँ अलिकति सुक्ष्म तरिकाले सोँचौ आजको यो विश्वको परिभेष जुन टेक्नोलोजिमा दिनदिनै चमत्कार गरिरहेको छ, जुन दिनानुदिन ग्लोबलाइज(Globalize) हुदैं छ, जहाँ एउटा कम्पुटरको माध्यमबाटै ठुलाठुला लडाँई लडिन्छ, जहाँ पहाडका कन्दरा छेडेर रेलगाडी चलाईन्छ, जहाँ स्पेस(Space) यात्रा गरिन्छ यस्तै धेरै कुराहरु; हामी यि सबैकुराहरु छोड्छौ हामी इतिहासको गर्व गर्छौ। हाम्रो लागि इतिहास नै सबै कुरा हो, हाम्रो बाच्ने आधार हो किनकि हामि संग अरु केहि पनि छैन जुन यो समयमा गर्व गर्न सकियोस।

यदि यहाँ सम्न पढ्ने साहस गर्नु भो भने आउनुस अझै हामीले गर्ने गर्व को नै बयान गरौँ । हामी हाम्रो पुर्खा को बिरताको धरै गित गाउछौं, हो गाउनु पनी पर्छ, तर हामीले के गर्यौ त पुर्खाको लागी? उत्तर हो हामिले केहि गरेनौँ हामीले मात्र गित गायौँ, सबै सँग ठुलो ठुलो स्वरमा ‘हामी कहिले पनि डिपेन्डेट थिएनौ किनकि हाम्रा पुर्खा लडिदिएका थिए’ भन्यौ। हामी बुद्धको पनि उत्तिकै गर्व गर्छौ किनकि बुद्ध नेपालमा जन्मेका थिए तर हामीले के गर्यौ बुद्धका लागी ता कि अन्तराष्ट्रिय समाजमा सन्देश पुगोस? बुध्दको संदर्भमा अझ धेरै बहस हुन्छ किनकि भारतले पनि बुद्धको उत्तिकै प्रचार गर्छ र पत्र-पत्रिकामा अनि भारतिय पाठ्यक्रममा पनि बुद्ध भारतमा जन्मेको भनेर प्रचार गर्छ। अनि हामीले त्यसको बिरोधका लागी सामाजिक सन्जालमा धेरै पोस्ट गर्छौ भारतले यस्तो गर्यो भनेर पत्र-पत्रिकामा पनि छाप्छौ आउनुस अब सोचौँ के हाम्रो राष्ट्रियपन केबल सामाजिक सन्जाल र पत्र-पत्रिकामा मात्र सिमित हो त? हामिले बुद्धलाई अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि अरु केहि गर्न सक्दैनौ? हामी देशको भौगोलिक बनावट राम्रो छ भनेर पनि उत्तिकै गर्व गर्छौ। पहाड छन, तराई छ, बिश्वकै अग्लो सगरमाथा छ, बिश्वकै अग्ला १० चुचुरा मध्ये ८ चुचुरा हामि सँगै छन भनेर छाति पिट्दै हिड्छौ के यहि हो त हामिलाई गर्व गर्ने कुरा? यदि यि संरचना नेपालमा नभएको भए हाम्रो मुख बन्द हुने थियो। यहाँ सम्म आइपुग्दा पनि मैले केहि नेपाली राजनितिको कुरा गरेको छैन र सुरुमै भनिसकेको छु कि शिर्षक राजनितिक कुराको क्रममा आएको थियो भनेर। यो शिर्षक जसरि मेरो दिमागमा पौडि खेलेको थियो त्यो राजनितिक कारणनै थियो। कुरा श्री पाँचको सरकार र माओबादि द्वन्दको समयमा राजनितिक कुरा चलिरहेको बेला जहाँ एकजना शिक्षकले भन्नुभएको थियो ‘नेपाली जनता भेडाँ हुन’, सायद मेरो शिक्षकले चाहिँ भुलिसक्नु भयो होला, मलाई त्यो बेला हामी किन भेडाँ हौ भनेर जानकारी त गराइएन तर अब म बिगतको नेपाली राजनिति र अहिलेको राजनिति हेरेर हामी साच्चि नै भेडाँ जस्तो लाग्छ। कुरा गरौ तीन प्रमुख राजनितिक दलको काङ्ग्रेस, एमाले र माओबादी। बिगतलाई हेरौँ आखिर काङ्ग्रेस ‘काङ्ग्रेस’ कसरी बन्यो त? हतियार उठाएर। एमाले ‘एमाले’ कसरी बन्यो त? हतियार उठाएर। अनि फेरि उहि कुरा गरौँ माओबादी ‘माओबादि’ कसरि बन्यो त? हतियार उठाएर। यो लेखिरहदाँ तपाइलाई लाग्यो होला हतियार उठाएर उपलब्धि पनि त भएका छन यो भेडाँले उपलब्धिको किन कुरा गर्दैन, हो उपल्बधि भएका छन जस्तै: राजतन्त्र फालियो तर के हाम्रो राजनिति हतियारमा मात्र सिमित हो त? जस्ले हतियार उठायो उस्को राजनिति ठिक हुने हो त? के हामिले ठुलो पार्टि चुन्नका लागि कुनै पार्टिले हतियार उठाउनै पर्ने हो त? मेरो शिक्षकले पनि सायद यस्तै त्यस्तै भएर भेँडा भन्नु भएको होला।  
  • हो जबसम्म हामी बुद्ध नेपालमा जन्मिदिएकोमा, हाम्रा पुर्खाले रगत बगाइदिएकोमा अनि सगरमाथा नेपालमा भैदिएको मा गर्व गर्छौ, हामी आफु केहि गर्दैनौ तव सम्म नेपाल र हामी नेपाली कहिल्लै प्रगतिपथमा लम्कन सक्दैनौ।
  • हो जबसम्म हामी हतियारलाई हेरेर राजनिति गर्छौ, राजनितिक सिद्धान्तलाई नहेरी हावा तालमा राजनिति गर्छौ अनि जहाँ गास पाउछौँ, सिद्धान्तलाई नहेरी, हाम्रो क्रान्ति पनि तेतै तेतै चलाउछौ तव सम्म नेपाल र हामी नेपाली कहिल्लै प्रगतिपथमा लम्कन सक्दैनौ। 
(हो नेपाल कहिल्लै कसैको दास भएन तर बिडम्बना नेपाली भने सधै अरुको दास भएर बाचेँ)  

No comments:

Post a Comment