Friday, 31 August 2012

गजल

बिदेश पस्छौ उतै बस्छौ , अनी रुन्छिन नेपाल आमा ।
फर्की आउ एक होउ , भनी रुन्छिन नेपाल आमा ।


बाझै छोडी खेत बारी, तिमी गयौ डाडा पारी
तिमीले छोड्या पाखोबारी , खनी रुन्छिन नेपाल आमा।

परदेशी पर हुँदा , बिदेशिले नेपाल छुँदा
भाचिएका स्तम्भहरु , गनी रुन्छिन नेपाल आमा।

गौरबमय इतिहास ,  तिमी बन्यौ जिउँदो लाश
एक्लै यहाँ बेसाहारा , बनी रुन्छिन नेपाल आमा ।

Monday, 20 August 2012

गजल

संगै जिउने संगै मर्ने तिमिले गर्या, वातहरु सम्झि पिएँ ।
तिमि संग बिताएका सुनौला ति, रातहरु सम्झि पिएँ ।।

जवानिको बेहोसिमा, अंगालोमा हाल्ने गर्या
तिम्रा ति कोमल, हातहरु सम्झि पिएँ ।

समयले कोल्टे फेर्यो, तिम्रो बाटो बदलियो
त्यसपछि तिमिलाई चढ्या, मातहरु सम्झि पिएँ ।

बाचा कसम तोडी तोडी, आफै रोप्या विऊ गोडी
जिन्दगीमा तिमिले गर्या, घातहरु सम्झि पिएँ ।

Thursday, 16 August 2012

यो जिन्दगानी !

उतार चढाव यस्तै त्यस्तै, रित रै छ जिन्दगानी
अन्जान संग गास्दै हिड्ने, प्रित रै छ जिन्दगानी ।

के गर्नु यस्तै रै छ, जिन्दगीको खेल भनौँ
दिन छिप्दा हराउनै पर्ने, शित रै छ जिन्दगानी ।

सपना देख्यो एकातिर, सम्झौता अर्कैतिर
हारेपनि भन्नै पर्ने, जित रै छ जिन्दगानी ।

जिन्दगी जिउन आखिर, पाइला यंहा चाल्नै पर्छ
जे भनेनी संघर्षको मिठो एउटा, गित रै छ जिन्दगानी ।