Friday, 31 August 2012

गजल

बिदेश पस्छौ उतै बस्छौ , अनी रुन्छिन नेपाल आमा ।
फर्की आउ एक होउ , भनी रुन्छिन नेपाल आमा ।


बाझै छोडी खेत बारी, तिमी गयौ डाडा पारी
तिमीले छोड्या पाखोबारी , खनी रुन्छिन नेपाल आमा।

परदेशी पर हुँदा , बिदेशिले नेपाल छुँदा
भाचिएका स्तम्भहरु , गनी रुन्छिन नेपाल आमा।

गौरबमय इतिहास ,  तिमी बन्यौ जिउँदो लाश
एक्लै यहाँ बेसाहारा , बनी रुन्छिन नेपाल आमा ।

No comments:

Post a Comment