“...... सिग्रेटको धुवाँ मडारिदै माथि उड्दै छ
लाइट नभएको अबस्था हो सुनसान रात छ म सिग्रेटको धुवाँबाट सर्कल बनाउने कोशिस गर्दै
छु र सोच्दै छु मेरो भबिष्यको बारेमा। सोच्छु कतै मेरा सपनाहरु पनि यो सिग्रेटको
धुवाँ जस्तै हावामा बिलाएर जाने त हैनन, कतै मेरा सपनाहरु सपना मात्रै त हुने
हैनन। जिन्दगी जिउन आखिर गाह्रो छ अझ भनौँ जे सोचिन्छ त्यो प्राप्त गर्न त झन अझै
गाह्रो छ हुन त म यि सबकुरालाई गाह्रो भनेर भाग्न पनि खोजेको छैन। म कहिले सिरियस
नहुने मान्छे आज यि सबकुरा मेरो मनमा किन आए र किन म सिरियस भएको छु त्यो मलाई नै
थाहा छैन...” यो लेखिरहँदा तपाइलाई लाग्दै होला नेपालमा एउटा बेरोजगार युवा
लोडसेडिङ्गको बेला सिग्रेट उडाउदैँ आफ्ना पिडा पोख्दैछ किनभने हाम्रो देशमा यस्तै
अबस्था छ। बास्तवमा त्यो पनि हैन लेखक
यतिबेला बिदेशमा छ होस्टेलको एउटा सानो कोठामा बसेर आफ्नो मनका केही भावनाहरु यहाँ
कोर्ने प्रयास गर्दै छ। लाग्छ आजको दिनलाई म ‘चेन स्मोकर’ नै भएँ क्यार एउटापछि
अर्को सिग्रेट सल्काउदैँ छु फेरि उहि सर्कल बनाउने काम दोहोर्याउछुँ यताउता हेर्छु
केहि देख्दिन देख्छु त केबल सिग्रेटको टुप्पोनिर बलेको अलिकति आगो अनि उड्दै गरेको
धुवाँ त्यो पनि माथि पुगेर बिलाउँछ।
हेर्दा
हेर्दै ब्यासलर गर्न आएको पुरा चार बर्ष बितिसकेछ अस्ति भर्खर जस्तो लाग्छ ब्याग स्याग प्याक गरेर बिदेश छिरेको। आखिर समय
न हो आफ्नो गतिमा चुपचाप चलिरहन्छ न त कसैलाई ढिलो न त कसैलाई छिटो। आज कलेजको
अन्तिम दिन अब १०-१५ दिनमा म सबै कुरा सकेर नेपालमा हुनेछु। हो नेपाल जहाँ शान्ति
र सम्बिधान बन्दै छ रे, जहाँ देशलाई टुक्रा टुक्रा पारेर सबैको सपना पुरा गरिदैँ छ
रे अझ भनौँ तिनै साना साना टुक्रामा सबैले आफ्नो अस्तित्व खोजिरहेका छन रे ! हो म
मेरा सबै सपना बोकेर त्यहिँ जादैछु र अबको मेरो बसाई पनि त्यहिँ हुनेछ। आज म जे
लेख्दै छु सायद ति कुराहरु यहिँनिर कतै अल्झेर बसेकाछन। हो मलाई फर्केर देशमै केहि
गर्नु छ र देखाउनु पनि छ गर्यो भने सबकुरा हुन्छ भनेर। अहिलेको हाम्रो जेनेरेसन
जुन हामि केहि पनि देख्दैनौ देशमा बस्नको लागि अनि केहि गर्नको लागि किनभने देश नै
त्यस्तै अबस्थाबाट गुज्रिरहेको छ जहाँ न त उद्धोग धन्दाहरु छन रोजगारिको लागि न त
शान्ति सुरक्षा नै छ केहि गर्नको लागि। तर मलाई त्यहिँ नै केहि गर्नु छ हो म
जिद्धि गर्दै लेखिरहेको छु ‘नेपालमै केहि गर्नु छ’ भनेर तर के गर्नु छ त्यो म आफैलाई
थाहा छैन, कस्तो मुर्ख म! त्यसैले त म आज सोचँमग्न भ’को छु त्यसैले त एकपछि अर्को
सिग्रेट सल्काइरहेको छु। हुन त म मात्र कहाँ हो र यस्तो सोच्ने सबैजना यस्तै
सोच्छन होला केहि गर्न पनि खोज्छन होला अनि केहि उपाय नलाएर फेरि उहि बिदेशनै
ताक्छन होला। हो यस्तै यस्तै कुरामा म आज डुबिरहेको छु जब सोच्छु ‘गएर केहि गर्नु
पर्छ’ तब अलिकति साहस बढेर आउछ अनि एकैछिन पछि सोच्छु ‘गएर के गर्ने त?’ त्यसपछि
मेरो बढेको साहस एकाएक घट्छ र फेरि सोच्छु कतै मेरा सपनाहरु पनि यो सिग्रेटको
धुवाँ जस्तै हावामा बिलाएर जाने त हैनन्। अनि फेरि सम्झन्छु म जस्तै केहि गर्न
खोज्नेहरुलाई अनि फेरि साहस निकाल्छु र सोच्छु हो केहि गर्नु पर्छ तर अलि फरक
शैलिले। ओहो! फेरि सोच्छु ‘फरक शैलि’ के गर्ने हो फरक शैलिले आफैलाई थाहा छैन।
त्यतिकैमा मोबाइलको रिङ्ग बज्छ..उठाउँछु..उताबाट आबाज आउँछ..हेई ‘साकि’ ह्वाट आर
यु डुइङ? कम टु रुम १७२.. हो कलेजको अन्तिम
पलहरु होस्टेलमा सबै रम-झममा बिताउछँन। हरेक दिन ३-४ ओटा पार्टिको कमि हुदैँन र २-४
पेग नला’को साथिहरु बिरलै भेटिन्छ। तर आज मलाई कत्ति पिउन मन छैन अहँ कत्ति पनि मन
छैन बरु पाएको भए चिया पिउथेँ किनभने चिया र चुरोट को कम्बिनेसन सायद सबै
स्मोकरलाई राम्रो लाग्छ तर त्यसको लागि पनि सबै क्यान्टिनहरु बन्द भइसकेका छन। त्यसैले
यताउता नगई रुममै बस्ने निर्णय गर्छु र फेरि पुरानै कुरामा अल्झन्छु । हो यतिबेला सम्म लाइट पनि आइसकेको छ,
कहिलेकाहिँ लाइट जादाँ मलाई नेपालको लोडसेडिङग् को याद आउँछ, अब उज्यालो छाएको छ म
भित्तामा आफैले कोरेको नेपालको झण्डालाई हेर्दै फेरि सोच्न थाल्छु उहि कुरा ‘के
गर्ने त?’,’कसरि गर्ने त?’ यस्तै त्यस्तै कुराहरु। हो केहि गर्नुपर्छ तिमि
फर्केपछी भन्ने साथिहरु पनि कम त छैनन् तर के गर्ने हो चाहिँ कसैलाई थाहा छैन उहि
त हो माटोलाई ढुङ्गाको भर ढुङ्गालाई माटोको भर – म साथिहरु छन भनेर मख्ख पर्छु
उनिहरु ऊ आएपछि केहि आइडिया त निकाल्ला भनेर पर्खिरा होलान। ब्याकग्राउण्डमा जिबन शर्मा को ‘देश को बेहाल के
सुनाऊ साथि.. गोलि चल्दैछ...’ गीत
बजिरहेको जस्ले मेरो शरीरनै सिरिङ्ग सिरिङ्ग बनाउछ गितका शब्दहरु सुन्दा सायद
यस्तै छ नेपालको स्थिती जहाँ ठुला राजनितिक दल भनौदाँहरु जाती जाती बिच लडाएर
आफ्नो स्वार्थ पुरा गर्दैछन !! हिजो आएको टाइम्स अफ न्यु योर्क्स मा ‘नेपाल अन द
ब्रिङ्क अफ कोल्याम्प्स’ भन्ने लेख पढे त्यसपछि मेरो उम्लेको रगत अझै उम्लेर आउछ आखिर
के भै’राछ नेपालमा? म सोच्न् पनि सक्दिन मात्र मेरो छाति पोलिरहेको छ नेपाललाई
देखेर ! हुनत मेरो रगत उम्लेर, छाति पोलेर हुने वाला पनि केहि हैन मानसिक रोगिहरु
ठिक पनि हुने हैनन् । हुन त म मेरो भबिष्य खोजेर बसेको मान्छे आखिरमा स्वार्थि म !
हेरौँ केहि गर्नुपर्छ भन्ने साथिहरु को-को हातमा-हात मिलाउछन र सङ्घर्षको बाटो
रोजेपछि मुटु नकमाइकन गर्विलो यात्रामा साथ दिनेछन त्यो त सायद समयले नै बताउला ।
No comments:
Post a Comment