अनौठा र प्यासा हुन्छन, रात्रिकालीन रहरहरु
मौनतामै बित्छन अचेल, रात्रिकालीन प्रहरहरु।
साँझ पख बोलाउँछे, बैशालु मन लोभ्याउँछे,
उस्कै यादमा तरङ्गित छन, रात्रिकालीन लहरहरु।
सपनिमा आउछे मोरि, झस्काउदै ब्युझाउँछे,
बाहिर हेर्दा शुन्य लाग्छन, रात्रिकालीन शहरहरु।
शुन्यतामा रम्दै एकछिन, वरिपरि टोलाउछु,
तै पनि बहेकैछन, रात्रिकालीन नहरहरु।
टोलाउंदै वरीपरी, मन बुझाउंछु तस्वीर हेरी,
मेरा यि चाह जस्तै चिसिदैछन रात्रिकालिन बगरहरु।
सेलाएका मनका आशा, छोड्दै गर्या तनको नशा
होसमा आउदाँ गलत लाग्छ, रात्रिकालिन ठहरहरु।
<<SAKI>>
No comments:
Post a Comment