Sunday, 23 June 2013

मेरो प्रेम !

मैले उनलाई हेरेको छु

उनले मलाई हेरेकी छिन

डुल्ने यि आखाँलाई मैले आज

गाडेर उनमा रोकेको छु

खुला उनका केशहरुमा

मन क्रमश यो छरिँदै छ

तिमि जेसुकै भन मित्र

मैले उनलाई मन पराएको छु



उनि पारि बाट आँउदै छिन

म सडकको वारी छु

घरै देखी उनलाई सम्झने म

उनैलाई देखेर रमेको छु

हिजोँ जब तिमि देखिएकि थियौ

स्तब्ध म भएको थिएँ त्यँहा

लागेन बिश्वास मलाई साच्चै

प्रतिलिपि हौ तिमि कस्को

ऐश्वर्याको या दिया मिर्जाको

म आज हेर्छु तिमिलाई उभिएर

पृष्ठ भुमिमा बिगतको दिनको

सुहाएन तिमिलाई यो बर्को

जाडोको क्षणले दिएको

यद्धपी यो मन तिमिले लुटेकी छौ

राम्री तै पनि अति लाग्छ

कति सहुँ एक्लै यो भाव

प्रेम गर्छु तिमिलाई भन्दिँउ लाग्छ



तर म होइन नायक चलचित्रको

छुद्र र डर पौक काँतर छु

प्रेम गर्छु तिमिलाई भन्नु भन्दा

...............................................


<<DPO>>


No comments:

Post a Comment